Developed By Kuldeep Sharma

September 19, 2022

महिलाहरुलाई कन्डमको प्रयोग किन मनपर्दैन? यस्ता छन् ४ कारण

काठमाडौं। हाम्रो समाजमा यौन र योनजन्य कुराहरुलाई खासै सार्वजानिक महत्वको विषयवस्तु मानिदैन र यसरी नै यौन जन्य विभिन्न आधारभूत र आवश्यक कुराहरुमा खासै ध्यान दिइएको पाइदैन।

तर पछिल्लो केहि समययता समाज धेरै नै खुला तथा उदार हुन थालेको छ। जसले गर्दा हरेक मानविय जिवनसंग सम्बन्धित र आधारभूत आवश्यकता माथि खुलेर मज्जाले बहस, छलफल र अन्तरक्रिया हुने क्रम तिब्र भइराखेका छन्।

जसलाई समाजिक दृष्टिकोणले अत्यन्तै सकरात्मक मान्न सकिन्छ। यौन र यौनजन्य क्रियाकलाप, त्यसको समयअवधि, त्यसको तरीका तथा त्यसका संलग्न हुँदा अपानाईने र आवश्यक पर्ने विधि र सामाग्रीका बारेमा धेरै नै अनुसन्धान भएका छन् र त्यसको प्रयोगबाट आम मानिसले आफ्नो जिवनमा यौन सुखानुभुति प्राप्त गरिराखेका छन्। यी यौन आनन्द प्राप्तिका लागि विधि र प्रकार तथा त्यसमा अपनाउने सामाग्री पनि फरक फरक मानिस र फरकफरक जोडीको इच्छा, चाहना र परिस्थिति अनुसार फरक नै हुने गर्दछ। तर पनि केही सामाग्री र विधि भने साझा र अनिवार्य जस्तै हुन्छन्।

जस्तैः शारिरिक सम्बन्ध राख्दा विभिन्न यौनजन्य रोग, समस्याहरुबाट बच्न र बच्चा नजन्माउनका लागि अक्सर सबै जोडीले कन्डमको प्योग गर्दछन्। आजको विज्ञान र प्रविधिमा आएको विकासले पुरुष र महिला दुबैलाई प्रयोग गर्न मिल्ने फरकफरक कन्डम बजारमा सहजै उपलब्ध छन्। परिवार नियोजन, विभिन्न यौनजन्य रोगबाट बच्नका लागि र बच्चा नजन्मियोस् भनेर सतर्कता अपनाउनका लागि पनि कन्डमको प्रयोग गर्दछन्।

तर यौन आनन्दलाई चरमउत्कर्षमा पु¥याउनमा कन्डमको बाधा हुन्छ भन्ने खालका विचारहरु पनि आइरहेका छन्। यसमा मूलत परुष त अक्सर कन्डम विना नै यौन आनन्द लिन चाहन्छन् तर पछिल्लो समय महिलाहरु पनि विना कन्डमको प्रयोग नै यौन सम्बन्ध राखेर यसको सुखानुभूति प्राप्त गर्न चाहन्छन् भन्ने मतहरु प्रकट हुन थालेका छन्। यस विषयलाई लिएर हामिले यौनसम्पर्क र कन्डमको प्रयोगसंग सम्बन्धित विभिन्न अनुसन्धान र यौन मनोवैज्ञानिकका धारणा, विचार, ब्लग, लेख आदिलाई आधार बनाएर अखिर किन महिलाहरुलाई योन सम्बन्धमा रहँदा कन्डमको प्रयोग मनपर्दैन भनेर सामाग्री तयार पारेका छौँ। किन यौन सम्बन्धमा रहँदा कन्डम मन पर्दैन ?

१. कम आनन्द

विभिन्न अनुशन्धान र यौन मनोवैज्ञानिकका भनाइअनुसार यौन सम्बन्धमा रहँदा कन्डमको प्रयोगले यौन आनन्द कम दिन्छ। तुलनात्मक हिसाबले जब महिलाको योनि र पुरुषको लिङ्गको नाङ्गो स्पर्शले जुन प्रकारको यौन सुखानुभुति प्राप्त गर्दछ त्यसको ठाँउमा कन्डमको प्रयोगले सिधा स्पर्श हुननपाउने हुनाले कन्डमको प्रयोग गर्दा कम यौन आनन्द प्राप्त हुन्छ।

२. वास्ना मन नपर्नु

अनुसन्धान अनुसार प्राय जोडिहरुलाई कन्डमको वास्ना मन पर्देन। जाडिहरु यौन सम्बन्धमा रहादा खुलारुपले निर्बाध आनन्द प्राप्त गनृ चाहन्छन्। कुनेपनि किसिमको भैतिक, भावनात्मक तथा मनोवैज्ञानिक बाधा नहोस् भन्ने चाहन्छन्। कुनैकुनै ककन्डमको वास्नाले उनीहरुको यौन इच्छालाई बिथोलि दिन सक्छ। त्यसैले यस्ता बाधाहरुबाट बच्नलाई कन्डमको प्रयोग गर्न प्राय जोडहिरु खासै ठिक मान्दैनन्र।

३. एलर्जिको डर

कन्डमको वास्ना र त्यसको घोचाइबाट एmर्जिहुने डरले पनि यौन सम्पर्क राख्दा कन्डमको प्रयोग गर्न अप्ठ्यारो मान्छन्। प्रायजसो या डर पुरुष भन्दा पनि महिलालाई धेरै हुन्छ। कन्डमको प्रयोगले कहिलेकाँही यौनिमा घाउ हुने र त्यसले गर्दा एलर्जि भइ लामो समयसम्म गाह्रोहुने डरले पनि कन्डमको प्रयोग गर्न खुसि हुँदैनन् भन्ने विभिन्न यौन सम्बन्धि अध्ययनले बताउँदछन्।

४.फुट्ने डर

यौनसम्बन्धमा रहँदा जोडहिरु कहिलेकाँही कन्डम फुट्ने डरले पनि कन्डमाको प्रयोग गर्नमा खासै रुचि देखाउँदैनन्। परिवार नियोजन र विभिन्न यौनजन्य रोगको संक्रमणबाट बच्नका लागि कन्डमको प्रयोग गर्ने भएपनि कहिलेकाँही बढी उत्जेजना र कन्डमको संवेदनशिलताले गर्दा कन्डम महिलाको योनि भित्रै फुटेर झन गाह्रो हुने हुँदा प्राय जोडी यौन सम्बन्धमा रहँदा आजभोलिका नयाँ प्रविधिको प्रयोग गर्छन कि त प्राकृतिकस्खलनको विधिको प्रयोग गरेर यौन आनन्दको चरमोत्कर्ष प्राप्त गर्ने कोशिस गर्छन।

अरु थुप्रै कारणहरु भएपनि मुख्यतः यीनै कारणहरुले गर्दा प्रेममा रहेका जोडी, पारिवारिक जोडी तथा यौन सम्बन्धका लागि मात्रै बनेका जोडीहरुले पनि कन्डमको प्रयोग गनृ खासै रुचि देखाउँदैन।

मानिसहरु आफ्नो यौन आनन्द प्राप्त गर्न विभिन्न किसिमका तरिका को अवलम्बन गर्दछन्। त्यसबाट आनन्दका साथसाथै समाधानका लागि पनि विभिन्न विधि र सामाग्रीको प्रयोग गर्दछन्। तर पनि असुरक्षित यौन सम्बन्धबाट बच्न, बच्चा जन्मनबाट बच्न र विभिन्न यौन सम्बन्धि संक्रमणजन्य रोगबाट बच्नका लागि सबैभन्दा सहज, सरल र सस्तो उपाए भनेकै कन्डमको प्रयोग हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma