Developed By Kuldeep Sharma

June 26, 2022

काठमाडौंमा ३ जनामा हैजा पुष्टि, संक्रमितको संख्या १३ पुग्यो

काठमाडौं । काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ। यो सँगै काठमाडौंमा हैजा भएका व्यक्तिको संख्या १३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। दुई जनाको पाटन र एक जनाको स्टार अस्पतालमा उपचार भइरहेको र थप विवरण आउन बाँकी रहेको महाशाखाले जनाएको छ।

यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा लगायत स्थानमा पनि हैजा पुष्टि भइसकेको छ। पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी बेच्न प्रतिबन्ध समेत लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma