Developed By Kuldeep Sharma

August 18, 2022

नागरिकता विधेयकका विषयमा विज्ञहरूसँग छलफल गर्दै कांग्रेस

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज नागरिकता विधेयकका विषयमा छलफल गर्ने भएको छ। बिहान ९ बजे कांग्रेसले संसदीय दलको कार्यालयमा कानुनका विज्ञहरूलाई डाकेर नागरिकता विधेयकमा राष्ट्रपतिले राखेको धारणा तथा एमालेले उठाएका सवालका विषयमा छलफल गर्न लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि राष्ट्रियतासँग जोडेर कांग्रेसिमाथि टिकाटिप्पणी भए पनि कांग्रेस मौन थियो। अब भने कांग्रेसले अन्य राजनीतिक दल तथा विज्ञहरुसँग छलफल गरी आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

विज्ञहरुसँगको छलफलपछि कांग्रेसले चार महले बनाएर नागरिकता ऐनमा अहिलेको व्यवस्थासँगै विगतका अभ्यास र कानुनी व्यवस्था सार्वजनिक गर्ने तयारी गरेको कांग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिए।

कांग्रेसले अहिले एमालेले गैरजिम्मेवार राजनीति गर्दै राष्ट्रियताका नारा चर्काएको र चुनावमा जनता ढाँट्न सकिन्छ भनेर लागेको निष्कर्ष निकालेको छ । यस्तै राष्ट्रपतिले पनि वर्तमान संविधानको संक्षकको भूमिका भूलेर पञ्चायतकालीन संविधानका पक्षमा ओकालत गरेको भन्दै विभिन्न दल र कानुनविदहरुसँग छलफल थालेको हो।

आजै बस्ने प्रतिनिधि सभा बैठकले नागरिकता विधेयक पारित गर्ने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma