Developed By Kuldeep Sharma

September 6, 2022

बेलायतले पाउँदैछ महिला प्रधानमन्त्री, उनीबारे के भन्छन् युरोपेली नेताहरू?

ब्रसेल्स। कुनै पनि छिमेकी मुलुकमा नवनियुक्त हुने नेतालाई बधाई तथा शुभकामना दिनु पक्कै पनि शालीन व्यवहारको संकेत हो। तर, बेलायतकी प्रधानमन्त्री बन्न लागेकी लिज ट्रसलाई युरोपेली नेताहरूले ब्रसेल्सबाट दिएको सन्देशमा ब्रेक्जिटमा कट्टरपन्थीको रूपमा देखिएको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेएनले ट्विटरमार्फत भनेकी छन्, ‘हाल सँगसँगै चुनौतीहरू सामना गरिरहेका बेलायत र युरोपेली संघ साझेदार थिए। तर, मलाई आशा छ, प्रधानमन्त्री लिज ट्रस दुई पक्षबीच पहिले नै सहमतिमा पुगिसकेका सम्झौताहरूको सम्मान गर्न सकारात्मक हुनेछिन्।’

फ्रान्सका पूर्व युरोप मामिलामन्त्री तथा युरोपेली संसद्का सदस्य नाथाली लोइसेउले पनि ट्विटरमार्फत भनेकी छन्, ‘मलाई आशा छ ट्रसले युरोपेली संघ र बेलायतबीचका विषयवस्तुहरूलाई थप कठिन बनाउनबाट पछि हट्नेछिन्।’

यसैगरी बेलायतले युक्रेन युद्धलाई लिएर क्रेमलिनप्रति लिएको कडा अडानको पूर्वी युरोपका राजनीतिज्ञहरूले प्रशंसा गरेका छन्।

इस्टोनियाका प्रधानमन्त्री काजा काल्लासले लिज ट्रस बेलायतको विदेशमन्त्री रहँदा सँगै खिचेको तस्बिर ट्विटरमा अपलोड गर्दै लेखेका छन्, ‘मलाई विश्वास छ, हाम्रो साझेदारी केवल चुलिने छ।’

विदेश मन्त्री छँदा ट्रसले बढ्दो शरणार्थी र इङ्लिस च्यानल पार गरेर बेलायत प्रवेश गर्ने अन्य आप्रवासीलाई रोक्ने विषयमा फ्रेन्च सरकारसँग कडा रूपमा पेस हुने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

ब्रेक्जिट नीतिअनुरूप राजनीतिक मामिलाबाट युरोपेली संघ (ईयू) बाट अलगिए पनि युरोपको वर्तमान स्थिति र रुसले ऊर्जा आपूर्तिमा राखेको नियन्त्रणको कारण ऊर्जाको मूल्य बढिरहेको कारणले पनि बेलायत र ईयूबीचको साझेदारी महत्वपूर्ण हुने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma