Developed By Kuldeep Sharma

November 22, 2022

चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परी निधन

चितवन। सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

पछिल्लो समय काठमाडौं बस्दै आएका उनी निर्वाचनमा मतदान गर्न चितवन आएको उनका भाई भुवन विकले जानकारी दिए। शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ । उनले रेडियोमा सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma