Developed By Kuldeep Sharma

November 24, 2022

घनश्याम भुसाल १५ सय मतान्तरले पछाडि परे

बुटवल । प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ मा मतगणना जारी छ । अहिलेसम्म्म ३३ हजार ८०५ मत गनिएको छ ।

त्यसमध्ये नेकपा (एमाले)का उमेदवार छविलाल विश्वकर्मा आठ हजार ४०२ मत ल्याउँदै अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार घनश्याम भुसालले ६ हजार ८५३ मत पाएका छन् । उनीहरूबीचको मतान्तर एक हजार ५४९ छ ।

यस्तै, अर्का नागरिक उन्मुक्ति पार्टीका उमेदवार धनीराम चौधरीले पाँच हजार ४०७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार नरेशबहादुर पछाई क्षेत्री चार हजार पाँच मतसहित चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma