Developed By Kuldeep Sharma

November 28, 2022

कांग्रेसका गच्‍छदार ५,१८१ मतले एमालेकी चौधरीभन्दा पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमाले उमेदवार भगवती चौधरीले २१ हजार ४ मत पाएकी छन् ।

नेपाली कांग्रेसका उमेदवार विजय कुमार गच्‍छदार दोस्रो स्थानमा छन् । उनको पक्षमा १५ हजार ८२३ मत खसेको छ । चौधरीभन्दा गच्छदार ५ हजार १८१ मतले पछि छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा उमेदवार कमल बाबु मैनालीले ५ हजार ८३४ मत पाएका छन् । मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma