Developed By Kuldeep Sharma

January 6, 2023

मधेसमा संसदीय दलको नेता चयन गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्दै छ । हिजो (बिहीबार) बसेको दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ ।

बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताए ।

पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको उनले जानकारी दिए ।

मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन् ।

संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको छ ।

साहले सकेसम्म सर्वसम्मत नेता चयनका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma