Developed By Kuldeep Sharma

April 6, 2024

काठमाडौं उपत्यकाको फोहोर विसर्जनका पुन: अवरोध

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले पुन: अवरोध गरेका छन्।

फोहोर विसर्जनलाई लिएर विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै अवरोध गरेका हुन्। ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ नुवाकोट–धादिङ ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो।

उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले फोहोर विसर्जनमा रोक लगाइएको बताएका छन्।

आज बिहानै नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडाको फोहर विसर्जनस्थल पुग्ने सडक अवरुद्ध पारिएको छ। “फोहोर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिँदैनौँ,” उनले भने। ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma