Developed By Kuldeep Sharma

May 12, 2022

गोरखामा कांग्रेस कार्यकर्ताको आक्रमणमा माओवादीका वडाध्यक्ष उम्मेदवार घाइते

गोरखा । अजिरकोट गाउँपालिका-१ घ्याल्चोकमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका कार्यकर्तामाथि आक्रमण गरेका छन्।

बुधबार राति कांग्रेसका कार्यकर्ताले माओवादी कार्यकर्तामाथि आक्रमण गरेका हुन्।

वडा १ का वडाध्यक्षका उम्मेदवार ओमबहादुर गुरुङको नेतृत्वमा तिलबहादुर गुरुङ, दुम्सी भनिने टेकबहादुर गुरुङ, दिप घले, डिलराज गुरुङ, भरत गुरुङ, बुध कुमारी गुरुङ, रमा गुरुङ र कुमारी गुरुङ लगायतले राति ८ बजेतिर खाना खाइरहेको समयमा खुकुरी, ढुङ्गा, चिरपट हातियार प्रयोग गरी आक्रमण गरेका हुन्।

आक्रमणबाट माओवादी केन्द्रका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङ गम्भीर घाइते भएका छन्। जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि उनीहरूलाई गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ। आक्रमण भएको स्थानमा अहिले प्रहरी परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma