Developed By Kuldeep Sharma

July 17, 2022

एक करोड बराबरको मेडिकल उपकरणसहित तीन भारतीय पक्राउ

काठमाडौं। जनकपुरमा अवैध रुपमा मेडिकल उपकरणको कोरोबार गरिरहेका तीन भारतीय नागरिक पक्राउ परेका छन्।

भारतीय नागरिकले पाँच वर्षदेखि अवैध रूपमा मेडिकल उपकरणको कारोबार गरिरहेको सूचनाका आभारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

धनुषा प्रहरीले जनकपुरधाम-९ संकटमोचन मन्दिरस्थित एक घरमा उक्त सामान बरामद गरेको हो। स्थानीय विनय झाको घरबाट भन्सार छली तथा चोरी निकासी गरी ल्याएको एक करोड मूल्य बराबरको मेडिकल उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।

झाको घरमा कोठा भाडामा लिई बसेका भारत बिहारको मधुवनी थाना जयनगर २ बस्ने ५२ वर्षीय विपीनकुमार सिंहले भन्सार छली तथा चोरी निकासी गरि ल्याएका १ करोड मूल्य बराबरको मेडिकल उपकरण बरामद गरेको धनुषा प्रहरीले जनाएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक दीपककुमार रायको नेतृत्वमा खटिएको टोलीले उक्त मेडिकलसम्बन्धी उपकरण बरामद गरेको हो।

सामान ओसार्ने बीआर ०१ पीके ६६६६ नम्बरको स्कार्पिओ गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा व्यवसायी विपीनकुमार सिंह, जिल्ला छपरा दाउदपुर थाना बस्ने ६० वर्षीय शंकर सिंह र पटना हरनोट सिर्सिया थाना बस्ने वर्ष २३ का सुरज सिंह रहेको धनुषा प्रहरीले जनाएको छ।

मेडिकल उपकरणसहित तीनै जनालाई कारबाहीका लागि जनकपुर भन्सार कार्यालयको जिम्मा लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma