Developed By Kuldeep Sharma

July 18, 2022

राजदूत देप्रेज़द्वारा आपतकालीन कार्यसञ्चालन केन्द्र उद्घाटन

कैलाली। धनगढी उपमहानगरपालिकाको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र सोमबारदेखि सञ्चालनमा आएको छ।

नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना देप्रेज़ र नगर प्रमुख गोपाल हमालद्वारा संयुक्त रुपमा केन्द्रको उद्घाटन गरिएको हो। स्थानीय तहमा हुने विपद् व्यवस्थापनका लागि यस केन्द्र २४सै घण्टा सञ्चालनमा रहने बताइएको छ।

‘यस स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रले हामीलाई विपद् अघि, विपद्को समयमा र विपद् पश्चातका घटना ट्र्याक गर्न मद्दत गर्नेछ।’ नगर प्रमुख हमालले भने। उनका अनुसार यस केन्द्रले विपद् विरुद्धको पूर्व तयारी र प्रतिकार्यमा सरोकारवालाहरुसंग समन्वय समेत गर्ने छ।

राजदूत देप्रेज़ले धनगढी उपमहानगरपालिकासँग विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता सुदृढका लागि युरोपेली संघले सहयोग गर्न पाउँदा खुसी भएको बताइन्।

युएनडीपी र नेपाल रेडक्रसमार्फत यस केन्द्रलाई युरोपेली संघले प्राविधिक र आर्थिक सहयोग गरेको छ। स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रले कुनैपनि घटेका अथवा घट्न सक्ने आकस्मिक घटनाकोबारेमा जानकारी दिन सहयोग पुर्याउने बताइएको छ। उद्घाटन पश्चात् नगरपालिकालाई सुपर परियोजनाको तर्फबाट दिइएको समानहरुको सुचिसहित ड्रोन पनि हस्तान्तरण गरिएको हो।

उद्घाटन समारोहमा वडा अध्यक्षहरु तथा नगरपालिका कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma