Developed By Kuldeep Sharma

July 20, 2022

युरेनियम जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ

काठमाडौं। युरेनियम जस्तो देखिने पदार्थसहित दुई वटा गिरोहका १५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

छुट्टा छुट्टै स्थानबाट दुईवटा समूहलाई पक्राउ गरेको प्रहरीले जनाएको हो। विक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए।

उनका अनुसार साउन १ गते एक किलो ८७.३ ग्रामसहित विराटनगर-९ ट्राफिक चोकबाट ८ जना र साउन ३ गते विराटनगर महानगरपालिका-३ स्थित दूध फारम नजिकैबाट ९७८.६ ग्रामसहित सात जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरु भरिया भएको र नाइकेको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र पक्राउ परेको वस्तु परीक्षणका लागि पठाइएको कोइरालाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma