Developed By Kuldeep Sharma

July 23, 2022

प्रेस युनियन निर्वाचन : ८७ पदका लागि १ सय ७३ जना भिडदै

काठमाडौं। नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ।

निर्वाचन अधिकृत प्रवीण हुमागाइका अनुसार आज अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ। ७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिहरूसमेत गरी कूल मतदाता १ हजार ६ सय ७९ रहेको निर्वाचन अधिकृत हुमागाइले बताए।

अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। आज बिहान ११ बजे मतदान सुरु गर्ने भनिए पनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको जानकारी दिएका छन्।

मतदान कार्य आज साँझ ६ः३० बजेसम्म हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma