Developed By Kuldeep Sharma

July 30, 2022

हिरासतकी महिलालाई मध्यरातमा आफ्नो कोठामा बोलाउने असईविरूद्ध बलात्कार मुद्दा दर्ता

काठमाडौं। हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठामा बोलाएर यौन दुर्यवहार गरेको आरोप लागेका इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं विरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ।

बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं विरूद्ध बलात्कार मुद्दा दिएकी हुन्। शुक्रबार मध्यराति हिरातमा रहेकी महिलालाई आफ्नो कोठामा बोलाएर दुर्व्यवहार तथा लात्कार गरेको आरोप महिलाले लगाएकी छिन्।

बलात्कार गरेको आरोप पछि उनी पक्राउ परेका थिए। उनी इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत हुन्। ‘पीडितले असईं चौलागाईं विरूद्ध दिएको जाहेरी दर्ता भएको छ,’ प्रवक्ता न्यौंपानेले भने, ‘अब कानुन अनुसार कारबाहीको प्रक्रिया सुरु हुनेछ।’

साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि ती महिलालाई इप्रका कोहलपुरको हिरासतमा राखिएको थियो। चौलागाईंले डिउटीका प्रहरीलाई भनेर ती महिलालाई मध्यरातमा निकालेर सोधपुछको वहानामा भवनको माथिल्लो तलमा रहेको आफ्नो कोठामा लगेका थिए।

त्यो सबै नियालीरहेका हिरासतका अन्य व्यक्तिले मध्यरातमै होहल्ला गर्दै घटनाको बिरोध गरेका थिए। असईं चौलागाईंलाई थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहारको आरोपमा कोहलपुरका असई पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma