Developed By Kuldeep Sharma

July 30, 2022

मानब बेचबिखनबाट वार्षिक करिब ३२ अरब अमेरिकी डलर आर्जन

काठमाडौं। हरेक वर्षको जुलाई ३० तारिखका दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको रुपमा मनाउँदै आएको छ।

मानब बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख दान बहादुर मल्लको अनुसार मानब बेचबिखन रुपि व्यापारबाट विश्वव्यापी वार्षिक करिब ३२ अरब अमेरिकी डलर आर्जन हुने गरेको बताएका छन्। यस्तै विश्वभरमा करिब २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख बालबालिकाहरु बेचबिखनमा पिडितको रुपमा रहेको जानकारी दिए।

मानब बेचबिखनमा ७५ प्रतिशत देखि ८० प्रतिशत बेचबिखन यौनजन्य शोषनको लागि हुने गरेको बताए। मल्लका अनुसार मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँनयाँ एपको प्रयोग हुन थालेको छ। सूचनाप्रविधिमा बढ्दो पहुँचका कारण त्यसको दुरुपयोग गर्दै मानव बेचबिखन गर्ने क्रम बढेको पाइएको छ। “मानव बेचबिखनका दलाल तथा अन्य संलग्न व्यक्तिहरूले पीडित सम्पर्क माध्यमका रूपमा आधुनिक प्रविधि, सामाजिक सञ्जालको प्रयोग र फेसबुक भाइबर ,ह्वाटसप , टिकटक ,इमो, वीच्याटजस्ता माध्यमहरूको प्रयोग भइरहेको भेटिन्छ। मानव बेचविखन प्रभावितहरु पुलिसले पिडित बनाएको जस्तो गर्छन् उनीहरुले कतिपय कुरा लुकाउनाले निवेदन पेस नहुने र ढिलो हुने गर्छ। आफ्नै घर परिवार बाट पारिवारिक द्धोन्द्ध र समस्याका कारण मानव बेचबिखनमा परेका हुन्छन् । प्रभावितहरु आधिकुरा सत्य भन्दैनन् जसले गर्दा अनुसन्धानमा कठिनाई हुने गरेको मल्लको भनाई छ। अधिकाशं व्यक्तिहरु राम्रो लागाउने मिठो खाने अरुको देखासेकी गर्ने प्रवृद्धीले गर्दा मानव बेचबिखनमा परेका हुन्।

मानब बेचबिखन एक जधन्य अपराध हो जसले महिला ,बालबालिका र पुरुषहरुलाई बाध्यकारी श्रम र यौन लगायतका धेरै अन्य उद्धेश्यका लागि शोषण गर्दछ। संसारका हरेक देश मानव बेचबिखनबाट प्रभावित छन्, चाहे स्रोत माध्यम वा गन्तव्यको रुपमा। विश्वभरका मानव बेचविखन पिडकहरुले महिला रकेटीहरुलार्य लक्षित गरिरहन्छन्। यौन शोषणका लागि बेचविखनमा परेका अधिकांश पीडितहरु र बाध्यकारी श्रमका लागि बेचबिखन गरिएका मध्ये ३५ प्रतिशत महिला छन्।
मानब बेचबिखनको मुख्य कारण भनेकै अशिक्षा र रोजगरीको अवर नहुँदा मानिस बेचबिखनको सिकार भएका छन्। घरेलु हिंसा महिलाहरू बेचिने अर्को कारण हो। घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुन्छन् । हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन्। उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडैं त्यस्ता दलालको पञ्जामा पर्छन् आधुनिक सुविधाको उपभोग गर्ने रहर र धन कमाउने विदेश घुम्ने रहर पूरा गर्ने लालसाले गर्दा पनि बेचिन पुगेका छन्।

सरकारले रोजगारीका लागि जान अनुमति नदिएको देशमा पुगेपछि राज्यले हाम्रा लागि केही गरेनन् भनेर आरोप लगाउने गरेका छन् तर आफु जानुभन्दा अगाडि गन्तव्य देश, भाषा, सिप सिकेर, श्रम अनुमति लिएर नेपालकै एयरपोर्टबाट बाहिरिए जोखिममा पर्ने समस्यामा कमि आउनेछ।’ मानव बेचविखनमा परिहालेमा नेपाल प्रहरीको मानव बेचविखन विरूद्ध अनुसन्धान व्युरोमा उजुरी गरेमा प्रहरी अनुसन्धानपछि दोषी ठहरिएका पीडकलाई २० वर्ष जेल र दुई लाख रूपियाँ जरिवाना हुने प्रावधान रहेको जानकारी दिएका छन्।

नेपाल मानव अधिकार आयोगको सन् २०१८ को प्रतिवेदन अनुसार ३५ हजार व्यक्तिहरु मानव बेचविखनबाट पिडित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma