Developed By Kuldeep Sharma

August 4, 2022

स्रोत नखुलेको साढे ४९ लाखसहित पक्राउ

काठमाडौं। स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रूपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-६ भूकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका-६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma