Developed By Kuldeep Sharma

August 12, 2022

७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै सोही समयमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनामा गरिएको नमुना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोनाबाट मुक्त भएका छन् भने नेपालमा हाल ५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma