Developed By Kuldeep Sharma

August 13, 2022

थप २६३ जनामा कोरोना सक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा देशभर १ हजार ३९९ जनामा आरटी-पीसीआर गर्दा १ सय ६२ जना र १ हजार ७६६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ०१ जना गरी आज २६३ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८६ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ३ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ०१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७५ हजार ३०७ जना पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३४ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma