Developed By Kuldeep Sharma

August 15, 2022

स्थानीयको अवरोधपछि बाटोमै रोकिय फोहोर बोकेका गाडी

काठमाडौं। काठमाडौंबाट फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेका छन्।

स्थानीयबासिन्दाको अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीयबीच झडप भएको छ। फोहोर बोकेका गाडी र सुरक्षाकर्मीमाथी स्थानियले गुलेली हानेका छन्।

प्रहरीले स्थानीयबासन्दिलाई लखेटेर बञ्चरेडाँडामा करिब ४५ ट्रक बढी फोहोर झारेको बताइएको छ। प्रहरीले स्थानीयलाई लखेटेपछि उनिहरुले गुलेली र ढुंगा प्रहार गरेका हुन्।

करिब ४५ ट्रक बढी फोहोर जबरजस्ती झारेपनि स्थानीय युवाहरुको विरोध पछि फोहोर बोकेका गाडी बाटोमै रोकिएका छन्। प्रहरीले दमन गरेर फोहोर झारेकोले झडपको स्थिति सिर्जना भएको धादिङबाट विरोधका लागि बञ्चरेडाँडा पुगेका एक जना स्थानीयले बताए।

उनका अनुसार अहिले स्थिती सामान्य रहेपनि फोहोर झार्ने काम रोकिएको छ। सोमबार महानगरले २ सय ५० टिपरमा फोहोर पठाएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma