Developed By Kuldeep Sharma

August 20, 2022

जुम्लामा कर्मचारीद्वारा चिकित्सकमाथि कुटपिट

काठमाडौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ।

अस्पतालको आकस्मिक विभागमा कार्यरत डा. करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन्।

कर्मचारी शाही छोराको टाँका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेका लागि बोलाएका थिए। सोही विषयमा उनीहरूबिच विवाद हुँदा शाहीले डाक्टरमाथि हातपात गरेको नेपाल चिकित्सक सङ्घ जुम्ला जनाएको छ।

सीसीटीभी फुटेजमा चिकित्सकमाथि हातपात भएको प्रस्टै देखिन्छ। डा. साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज पनि प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन्।

कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ। शाहीको कुटाइबाट डा. साहको टाउको र पेटमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma