Developed By Kuldeep Sharma

September 1, 2022

एक सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

काठमाडौं। प्रसूति वार्डमा ठाउँ अभावका कारण एक जना सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री डाक्टर मार्टा टेमिडोले पदबाट राजीनामा दिएकी हुन् ।

व्यथाले च्यापेकी एक भारतीय पर्यटकको प्रसूति वार्डमा ठाउँ नपाउँदा अस्ति मङ्गलवार ज्यान गएको थियो। ज्यान गएको खबर आउनेबित्तिकै स्वास्थ्यमन्त्री टेमिडोले राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ।

पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको नियोनाटोलोजी इकाइमा ठाउँ नभएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको र यसै क्रममा उनको ज्यान गएको हो गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको थियो त्यसपछि नवजात शिशुलाई आईसीयूमा भर्ना गरिएको थियो । बच्चा भने जीवितै रहेका र महिलाको ज्यान गएको विषयमा अनुसन्धान थालिएको खबरमा उल्लेख छ।

तर स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि आलोचकहरूले पोर्चुगलमा प्रसूति अस्पतालहरूमा कामदारको अभाव भएको आरोप लगाउँदै आएका छन्। डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो र पोर्चुगललाई कोरोना महामारीको ठूलो क्षति कम गर्ने श्रेय पनि उहाँलाई दिइन्छ। तर उहाँले एक विज्ञप्ति निकालेर आफूले पदमा रहिरहने कुनै कारण नभएको उल्लेख गर्नुभएको छ।

पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले गर्भवती महिलाको मृत्यु नै डाक्टर टेमिडोको राजीनामाको अन्तिम कारण साबित भएको बताउँदै अहिलेसम्मका उत्कृष्ट कामका लागि धन्यवाद दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma