Developed By Kuldeep Sharma

September 9, 2022

प्रेम प्रस्ताव अस्वीकार गर्दा बेपत्ता भएकी किशोरीको शव नदीमा भेटियो

धनगढी। आफूले राखेको प्रेम प्रस्ताव केटाले अस्वीकार गरेपछि घर छोडेर बेपत्ता भएकी कैलालीकी एक किशोरीको शव नदीमा भेटिएको छ। धनगढी उपमहानगरपलिका-१३ की १६ वर्षीया आस्था शर्माको शव मोहना नदीमा शुक्रबार बिहान भेटिएको हो।

कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी बेदप्रकाश जोशीका अनुसार उनी विद्यालय जान्छु भनि सोमबार घरबाट हिँड्की थिइन्। केटाले प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले आफू मर्न सक्ने चेतावनी दिएको खुलेको छ।

उक्त म्यासेजका आधारमा प्रहरीका बिभिन्न टोलीले मोहना नदीलगायतका क्षेत्रमा खोजी थालेको थियो। उनको शव नेपालबाट बगेर भारतमा पर्ने हल्दुघाटस्थित मोहना नदीमा फेला परेको प्रहरीले जनाएको छ।

शवमा चोटपटक भने नभेटिएको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव चिनिन सक्ने अवस्थामा नभए पनि उनले लगाएको ट्राउजरको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको प्रहरीले जनाएको छ।

उक्त कागजमा कवियत्री आस्था शर्मा लेखिएको ‘नारी’ शीर्षकको कविता भेटिएको छ। ‘नारी कहिलै आमा हुन्छ। कहिलै बुहारी हुन्छ।

कहिले छोरी हुन्छ। तर पनि नारीलाई यो समाजले सम्मान गर्न सकेको छैन’ उक्त कवितालाई उदृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकरीले भने, ‘उक्त कवितामा नारीका पीडा लेखिएका छन्।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma