Developed By Kuldeep Sharma

September 11, 2022

मोरङमा तीन बालिका २४ घण्टादेखि सम्पर्कविहीन

काठमाडौं। मोरङमा तीन बालिका शनिबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।

लेटाङका तीन बालिका बिहान ११ बजेतिर घरबाट हिँडेका उनीहरू अहिलेसम्म पनि फर्किएका छैनन्। स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत लेटाङ नगरपालिका-३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ-४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु फुटबल हेर्न भनेर घरबाट निस्किएका थिए। तर गाउँमा कुनै फुटबल प्रतियोगिता नै आयोजना भएको छैन।

अभिभावकलाई ढाँटेर घरबाट निस्किएका उनीहरु कहाँ गए भन्नेबारेमा केही पनि खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए।

उनका अनुसार खोजी तीव्र पारिए पनि फेला पार्न सकिएको छैन। घटनाका बारेमा प्रहरीलाई आइतबार बिहानमात्रै जानकारी आएको श्रेष्ठले बताए। हुलिया परिपत्र गरेर तीनै जनाको खोजी जारी राखिएको डिएसपी उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma