Developed By Kuldeep Sharma

September 17, 2022

अछाम पहिरोमा मृत्यु हुनेको संख्या ६ पुग्यो, ९ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाका कारण अछाममा पहिरोमा परी कम्तीमा ६ को मृत्यु भएको छ। ९ जना बेपत्ता भएका छन्।

जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी कम्तीमा चार घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ। तुर्माखाँदा गाउँपालिका ५ मा पहिरोमा पुरिएका २ घरपरिवारका ९ मध्ये २ जनाको शव फेला परेको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले जानकारी दिए। उनका अनुसार अन्य ७ जनाको खोजी भइरहेको छ।

यस्तै, कमलबजार नगरपालिका ६ मा पहिरोले पुरिएका ४ जनाको शव निकालिएको छ। बेपत्ता भएका तीन जनाको खोजी भइरहेको छ। कमलबजारबाट ७ जनाको उद्धार गरिएको छ। साथै बाढीका कारण सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ५०० भन्दा बढी घर डुबानमा परेको खबर प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma