Developed By Kuldeep Sharma

September 22, 2022

मुख्यमन्त्री बन्ने गरी प्रदेश सभा सदस्यमा यादव लड्ने, जुटे चुनावी अभियानमा

काठमाडौं। नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव रौतहट– १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

बिहीबार रौतहटको माधव नारायण नगरपालिकामा नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा उनले रौतहट – १ को ९ख० मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने घोषणा गरेका हुन्। त्यहाँ जनताहरुसँग काँधमा काँध मिलाएर हिडने सोचले उक्त क्षेत्र रोजेको बताए। ५ दलीय गठबन्धनद्वारा माधव नारायण नगपालिका – १ को दिपहीमा आयोजित चुनावी भेलामा रौतहट १ (ख) को प्रदेशसभा सदस्यमा आफ्नो उम्मेदवारी रहने सभापति यादवले बचाए। मधेस कांग्रेसले सभापति यादवलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेर जाने तयारी छ।

रौतहट– १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार बन्ने भएपछि प्रदेश सभापति यादव प्रदेशसभाको चुनाव लड्न भएका छन्। कार्यक्रममा गठबन्धनका विभिन्न पार्टीका नेता–कार्यकर्ताहरुको समेत उत्साहपूर्ण सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma