Developed By Kuldeep Sharma

September 29, 2022

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा अभिनेत्री थापा मनोनित

काठमाडौं।अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन्।

मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन्। गत मङ्सिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन्।

पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma