Developed By Kuldeep Sharma

October 10, 2022

निर्माता रोज राणाको प्रदेशसभा सदस्यका लागि उम्मेदवारी

प्युठान। नेपाली फिल्मका नायक, निर्माता तथा निर्देशक रोज राणाले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

चलचित्र निर्माता संघको सदस्य ,निबर्तमान महासचिब दोस्रो कार्यकाल प्यूठान १ (ख) कार्यकाल क्षेत्रिय सभापति बनेका राणा प्यूठान १ (ख) बाट प्रदेश सदस्य सभा सदस्यका लागि नेपाली काँग्रेसको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।

उनको प्रतिद्वन्दीमा नेकपा एमालेका हरि रिजाल लगाएत ४ जनाको उम्मेदवारी परेको छ। डन, दादागिरी, दोस्ती, खलनायक लगायत करिब दर्जन फिल्म निर्माण गरेका राणाले ‘म छु नि तिम्रो’ मा नायकको भूमिका निर्वाह गरेका थिए । राणाले फिल्मको निर्देशन समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma