Developed By Kuldeep Sharma

October 19, 2022

तालमेलविपरीत भोट हाले पार्टीबाट बर्खास्त गरिने लिङ्देनको चेतावनी

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दलका कार्यकर्तालाई चुनावी तालमेलविपरीत भोट हाले पार्टीबाट बर्खास्त गरिने चेतावनी दिएका छन्।

झापा ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका लिङ्देनलाई एमालेले समर्थन गरेको छ भने झापा ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार केपि शर्मा ओलि लाई त्यहाँका राप्रपाले समर्थन गरेको छ।

बुधबार झापाको मेचीनगरमा एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलामा लिङ्देनले नेकपा एमालेसँगको तालमेल विपरित भोट नहाल्न निर्देशन दिएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma