Developed By Kuldeep Sharma

November 23, 2022

मकवानपुरमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु

काठमाडौं।  मकवानपुरको हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्ड अन्तर्गत सल्लेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

दुर्घटनामा परी करिब ३४ वर्षीय परिचय खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ।

प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना.१ ज. ४४६६ नम्बरको जीप इन्द्रसराेबर गाउँपालिका-२ स्थित सल्लेमा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेकाे थियो।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma