Developed By Kuldeep Sharma

December 3, 2022

धनुषा दुर्घटना : मृतक ५ जनाकै सनाखत

काठमाडौं। धनुषामा विंगर भ्यान दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ।

शनिबार बिहान भएको दुर्घटनामा परि ५ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा मृत्यु भएका पाँचैजनाको पहिचान खुलेको छ।

दुर्घटनामा मृत्यु हुनेमा धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुबीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र उनकी बहिनी १३ वर्षीया सिर्जना साहको मृत्यु भएको हो। यस्तै जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेका प्रहरीले जनाएको छ।

यस्तै महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय सञ्जय साह र ३ वर्षीया बालिका अरूसा साह घाइते भएका छन्।

यस्तै ६ वर्षीय अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीय प्रियङ्का साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह पनि घाइते भएका छन्। घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको हो। शनिबार बिहान करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना. १ ज. ८३९६ नम्बरको विंगरलाई विपरीत दिशाबाट जाँदै गरेको ज.१ त. १४९६ नम्बरको पिकअप भ्यानले धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित वीरेन्द्रबजारमा ठक्कर दिएको हो।

विंगरमा महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma