Developed By Kuldeep Sharma

January 13, 2023

बाल गायक अपर्ण परियारको स्वरमा ‘कुश्मा बलेवा‘ सार्वजनिक

काठमाडौं।  बाल गायक अपर्ण परियार र गायिका सरस्वती विश्वकर्माको स्वरमा रहेको ‘कुश्मा बलेवा‘गीतको भिडियो सार्वजनिक भएको छ।

पर्बत जिल्ला को कुश्मा र बाग्लुङ जिल्ला को धार्मिक एवम पर्यटकिय स्थल बलेबाको रमणिय स्थानलाई समेटिएर गीत निमार्ण गरिएको छ।

अर्जुन पन्तको शब्द तथा संगीतमा रहेको गीतमा मौलिक पनलाई समेटिएको छ। बद्रि शर्माको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहेको छ। कुश्मा बलेवा‘ गीतको भिडियोमा अपर्ण परियार ,रामचन्द्र भुसाल , अञ्जली परियर र निर्मल पौडेलको अभिनय देख्न सकिन्छ।

कुश्मा बलेवा गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma