काठमाडौं। काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ।
पोखरा विमानस्थल नजिक सेती खोचमा जहाज अवतरणका क्रममा दुर्घटना भएको हो।
७२ यात्रु क्षमताको एटीआर विमानमा ६८ यात्रु रहेको बताइएको छ।
स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटना भएको सूचना आएपछि उद्धारका लागि प्रहरी खटिएका छन्।
प्रतिक्रिया