Developed By Kuldeep Sharma

January 24, 2023

२६ वर्षीया गर्भवतीले पाइनन् एम्बुलेन्स, बसबाट अस्पताल जाँदा बाटैमा गयो ज्यान

काठमाडौं।  जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ। दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भएपनि ढिलाइ भएकापछि मृत्यु भएको हो।

‘चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ,’ जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले भने, ‘ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी पाएका छौँ।’

विकलाई महेन्द्रनगरतर्फ बसमार्फत लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो।

बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले विकको अस्पताल आउनु अघि बाटोमै मृत्यु भइसकेको र बच्चा पनि पेटमै मृत्यु भइसकेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma