Developed By Kuldeep Sharma

May 5, 2022

ओलीले कैलाली गएर भने : रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीले नेपाली कांग्रेससँग कुनै योजना नरहेको बताएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिकास्थित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग एमालेलाई गाली गर्नु बाहेक अरु कुनै योजना नभएको बताएका हुन्।

‘कांग्रेसको घोषणापत्रमा आफ्नै सभापतिको नाम ८ वटा ठाउँमा छ। एमाले अध्यक्षको नाम ४२ ठाउँमा राखेर गाली गरेको छ,’ उनले भने, ‘यसैबाट थाहा हुन्छ। कांग्रेससँग हामीलाई गाली गर्नुबाहेक कुनै योजना छैन। कार्यक्रम छैन। नीति छैन। उद्देश्य छैन। केही पनि छैन। उहाँहरूको काम हामीलाई गाली गर्नु हो।’

उनले नेकपा एमाले अरुलाई गाली गर्ने कम्पिटिसनमा नभएको भन्दै एमाले देश बनाउने कम्पटिसनमा रहेको दाबी गरे। ओलीले एमाले सबै जातिलाई मिलाएर देश विकास गर्न चाहेको दाबी गर्दै ओलीले अरु दलले जाति जातिका बिचमा लडाइ लडाउन चाहेको आरोप लगाए। यस्तै ओलीले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको पनि बताए।

ओलीले भने, ‘यो कैलालीमा टीकापुर घटना भयो। सो घटनाले गर्दा यहाँका थारु नेताहरू अहिले पनि जेलमा छन्। तर, रेशम चौधरी र थारू नेताहरूलाई जेल हाल्नुपर्ने कुनै कारण छैन। सरकारले हुदै नभएको मुद्दा लगाएर थारु नेताहरुलाई थुनेर राखेको छ।’ टीकापुर घटनाका बेला घटनास्थलमा हुदै नभएका रेशम चौधरीलाइ मुद्दा लगाएर जेल हाल्न नहुने उनको दाबी छ।

यस्तै ओलीले आफू सरकारमा रहेका बेला थारु कल्याणकारी समितिसँग ६ बुँदे सहमति समेत गरेको बताए। थारुका समस्या समाधानका लागि आफ्नो नेतृत्वको सरकारले सहमति गरेको उनले बताए।
उनले भने ‘मैले सहमति गरेकै हो। तर, सरकार नै रहेन। यो सरकारले सहमतिको प्रयास नै गरेन। उल्टै थुनेर राखेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma