Developed By Kuldeep Sharma

February 8, 2023

भूकम्पमा टर्किस गोलकिपरको मृत्यु

काठमाडौं। टर्किस गोलकिपर अहमेत एयुप तुकास्लानको आफ्नै देशमा भूकम्पमा परेर मृत्यु भएको छ।

अहमेतको मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ।

सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ८ हजारले ज्यान गुमाएका छन्।

‘हाम्रा गोलकिपर अहमेट एयुप तुकास्लान भूकम्पमा परि निधन भएको छ। हार्दिक श्रद्धान्जली,’ क्लबले आफ्नो ट्वीटरमा लेखेको छ, ‘ सुन्दर व्यक्ति तपाईलाई हामी बिर्सने छैनौं।’

२८ वर्षीय तुकास्लानले सन् २०२१ मा टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोमा आबद्ध भएपछि ६ पटक खेलेका थिए।

टर्कीकै दोस्रो डिभिजनको क्लब सेकुर रिजेस्पोरबाट खेल्ने क्रिस्टल प्यालेस र एभर्टनका पुर्व विंगर यानिक बोलासीले पनि उनको निधनमा उनको परिवार र मालत्यास्पोर टोलीका साथीहरूप्रति मेरो समवेदना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma