Developed By Kuldeep Sharma

March 16, 2023

चार वायुसेवाले पाए २०२२ को ‘बेस्ट इयरलाइन्स अफ द इयर’

काठमाडौं।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने चार वटा वायुसेवा कम्पनी सन् २०२२ को ‘बेस्ट इयरलाइन्स अफ द इयर’ बनेका छन्।

बेस्ट इयरलाइन्स अवाईस नेपाल (बान) २०२२ मा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आइरहेका २९ वटा वायुसेवा प्रदायक तथा आन्तरिकतर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गरेका थिए।

जसमा अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेको कतार इयरवेज,  ‘बेस्ट इयरलाइन्स अफ द इयर’ बनेको छ।

त्यस्तै आन्तरिकतर्फ उडान भरिरहेको बुद्ध इयर ‘बेस्ट इयरलाइन्स अफ द इयर’ बनेको छ।

कम शुल्कमा गुणस्तरीय सेवा दिने इयरलाइन्सका रूपमा हाइब्रिड तथा एलसीसीतर्फ हिमालय इयरलाइन्स र अफलाइन अपरेसनतर्फ एमिरेट्स इयरवेजले बेष्ट इयरलाइन्स अफ द इयर पाएको छ।

जनसाधारणले अनलाइनमार्फत गरेको भोट नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्याङ्कबाट प्राप्त नतिजाका आधारमा बिजेता छनोट गरिएको हो।

नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोना ल्याउने प्राथमिक उद्देश्यका साथ ग्लोबल एक्रिडिएसन काउन्सिलले १३ मार्च २०२३ मा विभिन्न १६ विधामा सस्तो टिकेट्स बेस्ट इयरलाइन्स अवार्डस् नेपाल २०२२ घोषणा गरिएको हो।

कुन इयरलाइन्सलाई कुन अवार्ड?

राष्ट्रिय ध्वजावाहक नेपाल इयरलाइन्स ‘बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसन र ग्राउन्ड ह्याण्डलिङ
फन्ट डेस्क सपोर्ट कतार इयरवेज
बेस्ट इकोनोमी क्लास फ्लाइ दुबई
बेस्ट क्याबिन क्रु इयर अरेबिया
बेस्ट ट्रान्जिट इयरपोर्ट लाउन्ज टर्किस इयरलाइन्स
बेस्ट इयरलाइन्स रिवार्डस् प्रोग्राम कतार इयरवेज
बेस्ट इयरलाइन्स एअर फेयर पोलिसी कतार एअरवेज
बेस्ट इयरलाइन्स फ्रन्ट डेक्स सपोर्ट जजिरा इयरवेज
बेस्ट जनरल सेल्स एजेन्ट (जीएसए) कर फरेन इयरलाइन्स सोसाइटी इन्टरनेसनल
बेस्ट इयरलाइन्स म्यानेजर अफ द इयर अन्तर्राष्ट्रिय एयलाइन्सका तर्फबाट सारिक बोगटी कतार इयरवेज
सीइओ अफ द इयर नेपाली इयरलाइन्सका तर्फबाट बिरेन्द्रबहादुर बस्नेत बुद्ध इयर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma