Developed By Kuldeep Sharma

March 19, 2023

यस्तो छ आजको मौसम, काठमाडौंमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं। आज देशका केही स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पुर्वको झापा, सुनसरीका केही स्थानमा वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायत स्थानमा वर्षा भएको महाशाखाले जनाएको हो।

यो प्रिमनसुनको समय रहेको र यस समयमा अपराह्नमा पानी पर्ने सम्भावना बढी हुने महाशाखाले बताएको छ। आज काठमाडौंमा पनि दिउँसो २ बजेपछि मेघगर्जनसहितको वर्षा हुन सक्ने सम्भावना रहेको छ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको र सबैलाई सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma