Developed By Kuldeep Sharma

May 9, 2023

आजको मौसमः पहाडी भू-भागमा आंशिक बदली रहने

काठमाडौं। आज मंगलबार मुलुकको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ।देशका तराई भूभागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार राती देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma