Developed By Kuldeep Sharma

June 11, 2023

ज्येष्ठ नागरिकको अवस्था चित्रण बारे ‘ज्येष्ठ नागरिक’ वृत्तचित्र निर्माण

काठमाडौं। ज्येष्ठ नागरिकको अवस्था चित्रण गरेर बनाइएको वृत्तचित्र“ज्येष्ठ नागरिक”को प्रदर्शनीको आयोजना गरिएको छ।

आइ.टि. पत्रकार मञ्च, काठमाडौँ महानगरपालिका समाजिक विकास विभागको सहकार्यमा निर्माण भएको ज्येष्ठ नागरिकको जीवनशैली र अवस्था चित्रण गरिएको सो वृत्तचित्र शनिवार राजधानीमा प्रदर्शनी गरिएको हो।

कार्यक्रममा काठमाडौँ महानगरपालिका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले परिवारभित्रै सम्मानपूर्वक बाँच्न पाउने वातावरणका लागि परिवारका सदस्य तथा राज्यले दायित्व सम्झेर काम गर्नुपर्ने बताएका छन्।

उनले पछिल्लो समय ज्येष्ठ नागरिकलाई परिवारबाट अलग्याएर वृद्धाश्रममा लगेर राख्ने प्रवृत्ति पनि सुरू भएको बताउँदै यस्तो प्रवृत्तिसँग आफु सहमत नहुने बताए।

सो वृत्तचित्रका निर्देशक भरतराज उप्रेतीले वि.स. २०७८ को जनगणना अनुसार नेपालमा २३ लाख ८४ हजार जना ज्येष्ठ नागरिक रहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको जीवन सम्मानित र सहज बनाउन राज्यले ल्याएका नीति, सामाजिक सुरक्षा भत्तालगायत अन्य सुविधाले उनीहरूको जीवनमा पारेको प्रभाव र हाल ज्येष्ठ नागरिकले भोगेको अवस्थाको बारेमा जानकारी दिंदै राज्यले बनाउने नीतिमा गर्नुपर्ने सुधारका लागि सुझाव सङ्कलन गर्ने लक्ष्यले ज्येष्ठ नागरिक वृत्तचित्र बनाइएको जानकारी दिए।

उनले हाल काठमाडौँ महानगरपालिका वडा १३, १६ र २० लाई लक्ष्यित गरी ज्येष्ठ नागरिक वृत्तचित्र बनाएको र आगामी दिनमा सातै प्रदेशमा बसोबास गर्ने ज्येष्ठ नागरिकको अवस्थाबारे वृत्तचित्र बनाउने लक्ष्य रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma