काठमाडौं। आज समाजवादी मोर्चाले बागमती प्रदेशको हेटौँडामा सन्देशसभा गर्ने भएको छ। मोर्चा गठनको उद्देश्य र लक्ष्यबारे जानकारी दिने उद्देश्यले सन्देश सभा गर्न लागेको हो।
सभामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने बताइएको छ।
चार राजनीतिक दल सम्मिलित मोर्चाले सात वटै प्रदेशमा सन्देश सभा गर्ने निर्णयबमोजिम सभा गरिरहेको छ। यसअघि चारवटा प्रदेशमा सभा आयोजना गरिसकेको छ। मधेश प्रदेशको वीरगञ्जमा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र गण्डकी प्रदेशको पोखरामा सन्देश सभा आयोजना गरिसकेको हो।
प्रतिक्रिया