Developed By Kuldeep Sharma

September 13, 2023

संयुक्त क्रियाशिल समाज नेपालको तिज विषेश कार्यक्रम

काठमाडौं। हरितालिका तीज २०८० को अवसरमा संयुक्त क्रियाशिल समाज नेपालको आयोजनामा शनिबार काठमाडौंको डल्लुुमा तिजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष इन्दु शाक्यले संस्थाले समाजमा विभिन्न किसिमका कार्यहरु स्थापना काल देखिनै गर्दे आएको जानकारी दिइन्। उनले वर्ष दिनमा एक पटक भेला भएर महिलाहरुले आफ्ना दुःख सुख र भावना साटासाट गर्ने रुपमा पनि तिज पर्वलाई लिईने गरेको बताइन्।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.१५ का सम्पुर्ण जनप्रतिनिधि,समाजसेवी,कृर्षी विज्ञ हरि तामागं,संस्थाका सम्पुर्ण पदाधिकारी लगायत सदस्यहरु,विभिन्न सघंसस्थाका व्यक्तिहरु,पत्रकारहरु लगायतको उल्लेखनीय उपस्थित रहेको थियो ।

२०० जना भन्दा बढी व्यक्तीको सहभागिता रहेको कार्यक्रमको संचालन सरिफा आचार्य र सर्जु तुलाधरले गरेका हुन्।

संयुक्त क्रियाशिल समाज नेपाल साझा संस्थाको रुपमा विगत लामो समय देखि स्थापित संस्था हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma