Developed By Kuldeep Sharma

September 23, 2023

सुन्दर हमालको शब्दमा लोक गीत ‘पारी ठुली भिर’ सार्वजनिक

लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ ।

गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।

गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ ।

सन्जय राईको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर , सईले, आउन मायालु , उखुम , दसै गोजीमा हाले गीत चर्चामा रहेका थिए ।

‘पारी ठुली भिर’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma