Developed By Kuldeep Sharma

September 30, 2023

स्वदेश फर्किँदा प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत

काठमाडौं। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज स्वदेश फर्किएका छन्। चीन भ्रमणमा रहेका प्रचण्ड छेन्दुबाट एयर चाइनामार्फत  शनिबार बिहान स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, पर्यटन मन्त्री सुदन किँरातीलगायत उच्च पदस्थ अधिकारी त्रिभुवन विमानस्थलमा पुगेका थिए।

प्रचण्ड दुई साता विदेश भ्रमणमा रहेका थिए। राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिबारबाट चीनको औपचारिक भ्रमणमा रहेका थिए। उनले चीनको हाङजाउमा भइरहेको एसियाली खेलको उद्घाटन समारोहमा समेत भाग लिएका थिए।

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेतृत्वसँग छलफलसमेत गरेका थिए। भेटपश्चात द्विपक्षीय सहमति र सम्झौतासमेत भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma