Developed By Kuldeep Sharma

October 9, 2023

प्रतिनिधि सभाको बैठक बस्दै, ऊर्जामन्त्री बस्नेतले जवाफ दिने

काठमाडौँ। आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।

विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि आइतबारको छलफलमा उठेका प्रश्नहरूको जवाफ आज ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले दिने कार्यसुचि रहेको छ ।

सभामुखले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma