Developed By Kuldeep Sharma

October 12, 2023

नेकपा पश्चिम ताम्सालिङ ब्युरो अन्तर्गत धादिङ जिल्लाले मनायो सी स्मृति दिवस

काठमाडौं। नेकपा पश्चिम ताम्सालिङ ब्युरो अन्तर्गत धादिङ जिल्लाले सी स्मृति दिवस योगदानको स्मरण कार्यक्रम भब्यका साथ सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार नेकपाले देशभर पहिलो सी स्मृति दिवस जनयुद्ध हुदै एकीकृत जनक्रान्तिका शाहीद सि परिवारका पुर्खा हरुको स्मृतिमा उहाँहरुले समाज र रास्ट्रमा पुर्‍याएका योगदानको चर्चा गरेको छ।

नयाँ संस्कृति र सभ्यताको खोजि गर्ने,जनता र देशमा आशा भर्ने,प्रियजनहरुको स्मरण र भविष्यको संकल्प गर्ने,प्रगति, अग्रगमन र विकासको लक्ष्य चुम्ने,गलतलाई सहीले प्रतिस्थापन गर्ने,उन्नत मानवजाति र समाज निर्माणको अठोट गर्ने,भन्दै पार्टी पोलिट ब्युरो सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज क. आजद सी को प्रमुख अतिथित्यमा र पार्टी केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा धादिङ जिल्ला सचिव क.प्रमोद सी को अध्यक्षतामा र क. सिर्जन सी क.जीवन सीको अतिथिमा फलफूल वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma