Developed By Kuldeep Sharma

December 3, 2023

उपभोक्ता सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं। बढ्दो महंगी, कोलोबजारी तथा अवैध सामाग्री रोकथाम तथा नियन्त्रण तथा अन्य विभिन्न समस्याहरुको सुझावको लागि उपभोक्ता सचेतनासम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज चाँगुनारायण नगरपालिकाको सभाहलमा उपभोक्ता सचेतानासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योग, व्यापार व्यवसायलागतका मानिसको दैनिक जीवनमा अनिवार्य आवश्यकता पर्ने सामाग्रीको प्रयोग गर्दा उपभोक्ता तथा सम्बन्धीत निकायले खेल्नुपर्ने भूमिका तथा जिम्मेवारीको बारेमा छलफल गरिएको थियो ।

छलफलका क्रममा कानुनी प्रकृया, कारवाही, अनुगमन, खवरदारी तथा दर्ता प्रकृयाका बारेमा जानकारी गराइयो ।

नगरपालिकाका प्रमसख जीवन खत्रीले वर्तमान अवस्थामा जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता हुनेपर्ने नगरपालिकाको नारा नै रहेको उल्लेख गर्दै उपभोक्ताको हित र संरक्षणको लागि नीतिगत कार्यान्वयन, अनुगमन तथा बजारीकरण नगरपालिकाले जनपक्षीय रुपमा अगाडी बढाइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘उपभोक्तालाई सुरक्षित बनाउन तीन वटै तहका सरकारको समन्वय आवश्यकता रहेको छ ।

एकले अर्कालाई दोष लगाएर उपभोक्तालाई मारमा पार्नु हुँदैन । सार्वजनिक हक र अधिकारलाई अक्षरस पालना गर्न लगाउनुपर्छ । आजको विक्रेता भोलिका क्रेता बन्न सक्छ । त्यसैले आफैले आफैलाई शोसित गर्नु हुँदैन । यसलाई विचार गर्नुपर्छ । संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा ल्याउन नसक्नु पनि भ्रष्टाचार नै हो । त्यसैले निमायक संस्थाहरुले उपभोक्ताको हितमा रहेर काम गर्नुपर्छ । नगरपालिका त्यसबाट पछि हट्दैन । उपभोक्ताको हितमा जहिले पनि सँगै हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma