Developed By Kuldeep Sharma

December 5, 2023

४० वर्ष मुनिका युवा देशको प्रधानमन्त्री हुन जरुरी छ: अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बालक्लवमा लागेका युवाहरु ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । बालक्लवमा आवद्द भएर लिएको सफल नेतृत्व देश विकासको मुलआधार बन्न सक्छ, जसकालागी ४० वर्ष भित्र नै देशको प्रधानमन्त्री हुन जरुरी छ । सो कुरा उहाँले आजबाट काठमाडौमा सुरु भएको बालक्लवका पुर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा बताउनुभएको हो ।

उहाँले नेपाली युवाहरुलाई विदेश जानबाट रोक्नका लागि बालक्लवमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । ‘बालबालिकामा लगानी बढाउन सकियो भने देशमा दक्ष जनशक्ति उत्पादन गर्न सकीन्छ भन्ने बालक्लवका पुर्वसदस्यहरुको यो भेलाले सरकारलाई सन्देश दिएको छ ।’ उहाँले भन्नुभयो, ‘देश विकासको मेरुदण्ड युवा दक्ष जनशक्ति हुन, ति दक्ष जनशक्ति उत्पादन गर्न सरकारले घरघरमा शिक्षा, स्वास्थ सहित लगानी गर्नुपर्ने, साथै बालक्लवमा लगानी बढाई बालबालिकालाई संगठित गरिनुपर्ने छ ।’ अहिले पनि बालबालिकालाई श्रममा लगाउने, पिट्ने अवस्था छ, सरकारले पर्याप्त लगानी सर्न सकेको छैन, जलवायु परिवर्तनको क्षतिपुर्ति दिदाँ पनि बालबालिकालाई प्राथमिकता दिन जोड दिनुभयो । साथै बालबालिका पोषणमा लगानी गर्न पनि जरुरी रहेको उहाँले बताउनुभयो ।

बालबालिकालाई प्राथमिकतामा राखि काम गर्न सरकार प्रतिवद्द रहेको राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाले बताउनुभयो । अहिले पनि बालबालिका विभिन्न हिंसा दुव्र्यवहारका कारण पीडित भइरहेका छन त्यसलाई अन्त्य गर्न बालक्लवका पुर्वसदस्यहरुसँग सहकार्य गर्न सरकार प्रतिवद्द रहेको उहाँले जानकारी दिनुभयो । सन्देश प्रवाह गर्न र सोही अनुसार सुचना प्रवाहको रुपमा पनि बालक्लवका पूर्व सदस्यहरुले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बालअधिकार प्रर्वधन गर्न साथै बालक्लवमा लगानी बढाइ देशमा दक्ष युवाशक्ति उत्पादनमा योगदान गर्न युनिसेफ तयार रहेको युनिसेफका सोसल पोलिसी विभाग प्रमुख उषा मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो,‘बालबालिकामा गरिएको लगानीले सुन्दर भविष्य बनाउँछ, यसका लागि युनिसेफ सधैं तयार छ । आज नेपालमा जनसंख्याको लाभाँसको रुपमा रहेको युवाहरुको लागि देशले प्राथमिकतामा राखी योजना निर्माण गर्न सकेमा राम्रो हुनेमा उहाँको जोड रहेको थियो ।

युनिसेफले बालमैत्री स्थानीय शासनको प्रबद्र्धनमा समेत काम गरिराखेको र बालक्लवका सदस्यहरुको यो सम्मेलनले बालमैत्री देश निर्माणमा सहयोग गर्ने र यसको नेतृत्व लिन समेत उहाँले जोड दिनुभयो । साथै देशले सामाजिक सुरक्षामा लगानी गरीरहेको तर बालबालिकामा कम प्राथमिकतामा राखेकोले नीतिहरु तर्जुमा गर्दा बालबालिकाहरुलाई प्राथमिकतामा राखी कामहरु गर्न समेत अनुरोध गर्नुभयो ।

यसैगरी वल्र्ड भिजनका निर्देशक रोजलिन ग्रायविलले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्न नीति र योजनाहरु चाहिने र नेपालका बालबालिकालाई सहयोग गर्न वल्र्डभिजन तयार रहेको र त्यही अनुसार संस्थाले काम गरीरहेको बताउनुभयो ।’ बालक्लवका पुर्वसदस्यहरुले देशमा योगदान गर्न सक्ने वातावरणका लागि सहकार्य गर्न वल्र्डभिजन तयार रहेको उहाँले बताउनुभयो । वल्र्ड भिजनले बालबालिकाहरुलाई नै प्राथमिकतामा राखी कामहरु गरिराखेकोले यो सम्मेलनबाट अझै प्रभावकारी रुपमा देशभर नै अभियानको रुपमा लैजान समेत सुझाव दिनुभयो । यो सम्मेलनबाट देशलाई वि.स.२०८७ सम्म बालमैत्री र पोषणमैत्री गराउने योजना निर्माण गरी काम गरिराखेकोले यो विषयलाई पनि स्थानीय स्तरसम्म लैजानको लागि अभियान सुरु गर्न अनुरोध गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma