Developed By Kuldeep Sharma

December 5, 2023

बालक्लवका पुर्वसदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु

काठमाडौं। बालक्लवका पुर्वसदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु भएको छ । १८ वर्ष सम्म बालक्लवमा रहेर पासआउट भएका देशभरका १५० जना युवाहरु एकसाथ भेला भएर विभिन्न विषयमा छलफल गर्ने गरी आज र भोली दुई दिन सम्म यो सम्मेलन सञ्चालन हुनेछ । हाल देशभर तीसहजार भन्दा बढी बालक्लवहरु सक्रिय छन् । बालक्लवमा ८० लाख भन्दा बढी बालबालिका आवद्ध छन् ।

जागृति बाल तथा युवा सरोकार नेपालका नेतृत्व सहीत चङ्गा फाउण्डेशन, हामीदाजुभाइ, युवालय, क्रियसन सोसाइटी, याभ नेपाल र कन्र्सन सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्मेलन भइरहेको हो । १९ वर्ष देखि २५ वर्ष सम्मका युवाहरु यो कार्यक्रममा सहभागी रहेका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य तथा विषयवस्तु बारे जानकारी बालअधिकारकर्मी राजेश शर्माले राख्नुभएको थियो । उहाँका अनुसार देशभरबाट छनोट भएका बालक्लवका पुर्व सदस्यहरुले बालअधिकारका विभिन्न विषयमा छलफल, परामर्श गर्ने कार्यक्रम रहेको छ । जलवायु परिवर्तनले बालबालिकामा परेको असर, बालसहभागिता, युवा उद्यमशिलता, युवाहरुको नागरिक सहभागिता, बालबालिका माथि हुन सक्ने हिंसा, दुवर्यवहार लगायतका विषयमा बालक्लवका पुर्व सदस्यहरुले गर्न सक्ने योगदानका बारेमा छलफल हुनेछ ।

बालक्लवमा गरिएको लगानीले युवा उमेरका दक्ष जनशक्तिले देशको समृद्दिमा योगदान गर्न सक्ने आयोजक संस्थाहरुको भनाइ रहेको छ । ‘नीति, योजना र कार्यक्रम निमार्ण गर्दा बालबालिकालाई प्राथमिकता दिन, बालक्लवका पुर्व सदस्यहरुको सिकाइ र अनुभवलाई आत्मसाथ गर्न सरकार र सरोकारवालाहरुलाई जिम्मेवार बनाउन यो कार्यक्रम आयोजना गरिएको हो ।

साथै युवाहरुको करिअरलाई पनि सघाउ पुरयाउन युवाको नेतृत्वविकास, उद्यमशिलता जस्ता विषयमा छलफल गरी काठमाडौं घोषणा पत्र जारी गर्ने लक्ष्य लिइएको छ । बालक्लवका पुर्व सदस्यहरुको राष्ट्रिय सम्मेलन हरेक वर्ष संघीयतह र प्रदेशस्तरमा आयोजना गर्ने लक्ष्य लिइएको सम्मेलनका संयोजक एवम जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।

नेपालको पहिलो स्वस्फृत बालक्लव जागृति बालक्लवका संस्थापक तथा जागृति वाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो । ‘देशभरका बालक्लव पूर्व सदस्यहरुले सिकेको सिकाइलाई सबै क्षेत्रमा सिकाइको माध्याम बनाउन यो सम्मेलनले योगदान गर्ने उहाँले बताउनुभएको थियो ।

देशभरबाट जम्मा भएका युवाहरुले बालबालिका राष्ट्रिय गौरव हुन अभियानमा पूर्व बालक्लवका सदस्यहरुको भुमिका, यौन तथा प्रजनन स्वास्थ्य, सामाजिक सुरक्षा, युवाहरुको नेतृत्व विकास र सिभिक स्पेस, उद्यमशिलता, किशोरी शसक्तिकरण, बाल विवाह, बाल सहभागिता अभिबृद्धी, अनलाईन सुरक्षा र अन्य फरक फरक गरी १० सेसनहरु सञ्चालन हुने र सो सेसनमा सहभागिता जनाई घोषणापत्र तयार गरी समापन गर्ने आयोजकले बताएको छ ।

काठमाडौमा सञ्चालन हुने २ दिनको यो सम्मेलनलाई युनिसेफ, सेभ द चिल्ड्रेन, क्यान्नालन, वल्र्ड भिजन ईन्टरनेशलन नेपाल, केयर नेपाल, टिडिएच जर्मनी र चाईल्ड फण्ड जापानको सहयोग र ओरेक, साथी, स्वतन्त्रता अभियान, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, भ्वाईस अफ चिल्ड्रेन, आधरा, किडार्क, सिवीन नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जाल, लगायत विभिन्न राष्ट्रिय र क्षेत्रिय स्तरमा स्थापना भएका संस्था र सञ्जालहरुको सहकार्य समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma