अमेरिकामा बस्दै आएका नेपाली तथा भारतीयले पशुपतिमा रहेका वृद्धवृद्धा, असहाय तथा दृष्टि विहिनका लागि न्यानो कम्बल वितरण गरेका छन् ।
प्रकाश आचार्य सहितको टोलिले उक्त कम्बल विवरण गरेको हो ।
लक्ष्मी पुजाको दिन संकलन भएको पैसाले असहायहरुका लागि सहयोग गरेको आचार्यले इकोनममिक खबरलाई जानकारी दिनुभयो । अन्र्तदृष्टि नेपाललाई सहयोग गर्ने खोजिएको भएपनि सो आश्रममा भन्दा बाहिर रहेका विपन्नलाई सहयोग गर्ने सुझाव आएपछि बाहिर नै वितरण गरिएको हो ।
उक्त अवसरमा समाजसेवी पवन अधिकारी, कलाकार शिवहरी पौडेल, आचार्यको परिवार तथा आफन्तको समेत सहभागिता थियो । कार्यक्रममा बोल्दै अन्र्तदृष्टि नेपालकी संचालिका नन्दा सिंहले प्रकाश जस्ता मनकारीहरुको सहयोगले नै नेपालमा रहेका सामाजिक संघसंस्था र विपन्नहरुका लागि राहत मिलेको बताउनु भयो ।
सिन्धुली जन्मघर भएका प्रकाश १३ वर्षदेखि न्युयोर्कमा छन् । उनले अशक्त, अप्ठ्यारोमा परेका नेपालीहरुलाई दुखमा सहयोग गर्दै आएका छन् । जिम्मेवारीको कुनै सीमा नहुने भन्दै प्रकाशले सहयोग गर्नु नेपालीको धर्म भएको बताउनुहुन्छ ।
प्रतिक्रिया